'मलाइ त्यो गगन थापा मन पर्छ । उसमा जोस,जाँगर छ । देशमा केहि गर्छ कि -' (१७) बषिर्या लिसा मास्केले भनिन् । 'हो मलाइ पनि उसको काम अरु भन्दा भिन्नै लाग्छ ।' उनको कुरामा आभास्नाले थप्दै भनिन् । 'ह्या,जोश,जाँगर मात्र भएर हुन्छ -'युबा हुँदा बामदेब गौतम र अमृत बोहोरा त कति जोसिन्थे होलान् । मुख्य कुरा काम गरेर देखाउन सक्नुपर्यो क्या, बिचैमा असहमति जनाउदै शास्वतले तर्क गरे । 'मलाइ त नेपाल भन्दा भुटान नै मन पर्यो । त्यहाँका जनतामा डिसिप्लेन त छ । अब त्यो शहिद गेट भत्काएर के हुन्छ - हिस्टी् चेन्ज गर्न त मिल्दैनन नि ।' सृष्टिकाले अर्को तर्क गरिन्, 'सुन्दर फुलबारी जस्तो देशलाइ नेताहरुले तहसनहस पारे ।' देशमा नयाँ संबिधान बन्न लागेका बेला राजनितीकर्मीहरुबीच चलेको बहस होइन यो । बरु प्राइभेट कलेजमा पढ्ने बिद्यार्थीहरु राजनितीमा चाँसो राख्दैनन् भन्ने आमधारणा बिपरित चलेको संबाद हो । राजधानिका महँङ्गा कलेजहरु मध्येकै एक लाजिम्पाटस्थित जेभिएर एकेडिमीमा व्यस्थापन संकाय लिएर अध्ययनरत विद्यार्थीहरु एक आपसमा गफिरहेका छन् । सरकारी कलेजमा जस्तो टायर बाल्ने,जुलुस निकाल्ने र आन्दोलन गर्ने गतिबिधीबाट कोषौं टाढा छन उनीहरु । प्रत्यक्ष राजनितीमा संलग्न नभए पनि बाहिरै बसेर बुझ्न,सिक्न चाहन्छन् । कलेजको रुफटपमा रहेको क्यान्टिन । त्यसको कुनामा कफिको चुस्कि लिदैछन् उनीहरु । कफिको बाफ आफ्नै गतिमा उड्दै छ । त्यहि गतिमा यि तन्नेरीहरुका गफका बिषय पनि फेरिदैछन् । 'थाह छ हिजो त मैल फोनमा ५ घण्टा कुरा गरें नि ।' लिसाले यति मात्र के भनेकी थिइन् ,बेञ्चको अर्को कुनाबाट 'मलाइ त को नचिनेको केटाले ३ घण्टा फोन गर्यो भन्या,' स्रिष्टीकाले फ्याट्ट भनिन् । त्यत्रो बेर के गफ हुन्छ (छेउबाट सन्नि केसी -१८) ले प्रश्न फ्याँके । 'के हुनु नि - लेटेस्ट इभेन्ट, उही हावाहावा गफ त हो,' केसीतिर र्फकदै लिसाले जवाफ दिइन् । बढ्दो लोडसेडिङमा आफुहरुले बिताउने समयबारे कुरा गर्दै थिए उनीहरु । 'आफ्नो त किताब र पत्रपत्रिका पढदै समय बित्छ ।' फोनमा यत्रो बेर गफिने दुइ युबति भन्दा फरक जवाफ दिए शास्वत ढुङ्गाना,(१९)ले । महङ्गा निजी स्कुलको पढाइ सकेर उज्यालो भबिष्य खोज्दै महङ्गै कलेजमा भर्ना भएका यि किशोरकिशोरीका स्नातक तहको पढाइ सकेर उच्च शिक्षाका लागी बिदेश जाने सपना छ । उनीहरुका कफि किताब,फिल्म,बाइक,मोबाइल,देशको राजनिती,गीत सङगित , नेताहरुका क्रियाकलाप, बिदेशी कलेजको पढाइसम्मका बिषयले प्रवेश पाउँछन् । देशको निराशाजनक राजनितीले सबैका अनुहारमा अन्योलता छाएको छ । नयाँ नेपालको सपनासँगै आफ्नो सुनौलो भबिष्य खोजिरहेका छन् । सत्तामा जो आएपनि यहि देशमा काम गरेर बाँच्ने आधार भइदिए भन्ने सबैको मनमा लछ।
युरोपियन मुलुकका बिदेशी कलेजमा त्यहाँको सरकारले दिएको सुबिधा यता पनि उपलब्ध गराइदिए भन्ने सोच छ सबैको । बाहिर तिर क्रिसमस डेजस्ता चाडबाड हुदा कलेजका बिद्यार्थीहरुलाइ सरकारले खर्च दिदो रहेछ । प्रति बिद्यार्थीलाइ कलेजले मासिक रुपमा २०० डलर दिने कुराले स्रिष्टिका लोभिएकी छिन् । अङग्रेजी र हिन्दी गीतमै रमाउँने यो पुस्ताले फिल्म र टेलिभिजनका सिरीयल पनि अङग्रेजी र हिन्दी नै रोज्ने गर्छन् । 'नेपाली फिल्म पनि के हेर्नु - कमेडी लाग्छ ।' हिन्दी सिनेमाका कथाबस्तु चोर्ने नेपाली प्रबृत्त्रि्रति गर्दै शास्वतले ब्यङ्ग्य गरे । यद्यपि पुराना नेपाली गीतहरु भने उनीहरुलाइ मनपर्छ । कलेजका शिक्षक र विद्यार्थीबीच पनि सुमधुर सम्बन्ध छ उनीहरुको । 'सर त हाम्रो साथीजस्तै त हो नि,' कुराकानिको बिचैमा टुप्लुक्क आइपुगेका गणित शिक्षक शाकिलकुमार श्रेष्ठतिर हेर्दै शास्वतले भने । 'सर, तपाइको बिहेमा हामीलाइ बोलाउनुर्पर्छ है,' आभास्ना र लिसाले सरलाई जिस्क्याए । 'अँ,तिमीहरु नभइ त सरको बिहे नै हुदैन नि,' सन्निले ठट्टा गरे । बाताबरण झन् हाँसोमय भयो । 'गर्ल फ्रेन्ड नहुने, बाइक नहुने र वाइन नलिने त केटै होइन' छेउबाट कसैले भन्यो । चिया र बिस्कुट लिदै गफिरहेका नबिनलाइपुष्करको कुरा सुनेर खल्लो लाग्यो । 'चुरोट नखाने पनि के केटा यार -' नबिनले हिजै मात्र कुनै केटाको मुखबाट सुनेका थिए । कुलतमा नलागेका र बाइक पनि नभएका नबिनलाइ यस्ता कुरा सुनेर खिन्न लाग्छ । 'चुरोट तान्नु र वाइन लिनु केटीहरुका लागी पनि सामान्य भइसक्यो,' सँगैको बेन्चमा बसेकि स्मिता हौसिइन् । यस्ता दृश्य धेरै पटक देखिसकेकी छिन् उनले । विहानिको मधुरो घाममा जिउ तताउदै छन् ग्रिनफिल्ड कलेज बाफलका विद्यार्थीहरु । क्यान्टिनको कुनामा मन मिल्ने पँाचजना साथीबिच रमाइला गफ चल्दै छन् । 'व्वाइफ्रेन्ड फोन आउदा कलेजमा उठाउनै पाइदैन भन्या,' सिर्जना(१७) दुखेसो पोखिन् । 'हो नि,गर्लफेन्ड्रको फोन उठाउन नपाउदा मलाइ पनि र्याक हुन्छ,' पुष्करको पनि उस्तै दुखेसो रहेछ । 'आफु त च्याटमै घण्टौ बिताइन्छ,' बिदेशमा रहेका व्वाइफ्रेन्डलाइ सम्झदै आरती पोखरेल (१७)ले भनिन् । यिनको भन्दा छुट्टै समस्या रहेछ स्मिता महर्जनको । 'रातिराति नचिनेको मान्छेले एसएमएस पठाएर टेन्सन भा' छ,' दिनहुँको समस्या सुनाइन उनले । प्राइभेट कलेजका विद्यार्थी आफ्नो पढाइमा एकोहोरो हुन्छन्, अतिरित्त क्रियाकलापमा ध्यान दिदैनन् भनिन्छ । तर, यहा पढाइबाहेक अतिरिक्त क्रियाकलाप पनि प्रशस्त हुन्छन् । यहाँ खोलिएका डान्स क्लब,म्युजिक क्लब,स्पोर्ट,लिटरेचर क्लबले बेला बेलामा कार्यक्रम गरिरहँदा तिनमा भाग लिइरहन्छन उनीहरु । साहित्यतर्फपनि उत्तिकै रुचि उनीहरुलाई । 'राधा त ग्रेट लभ स्टोरी रहेछ नि । पल्पसा क्याफे पनि एकदम मन पर्यो,' मदनपुरस्कार बिजेता दुबै पुस्तक माथी नबिन सिल्वालले टिप्पणी गरे । पल्पसा क्याफेमा दृश्यले लेखेका चिठीहरु उनलाइ एकदम मन परेछन् । तर,पल्पसाको मृत्युले पनि उनको मन त्यत्तिकै दुखेको छ । पत्रकारिता विषय लिएर बिए पहिलो बर्षा अध्ययनरत नबिन फिल्मी म्यागेजिन पढ्छन । त्यसैलाइ आफ्नो बिट बनाउन चाहन्छन् उनी । हिन्दी फिल्म हेर्न मन पराउने यि युवालाइ 'गजनि' फिल्मकी हिरोइन कल्पना लाई पाए गर्लफ्रेन्ड बनाउन मन लाग्छ रे । 'आफु अमिर खान हुनुपर्यो नि डियर,' बिचैमा आरतीले उनलाइ भनिन् । 'फिल्ममा जस्तो रियल लाइफमा कहाँ हुन्छ र -' स्मिता र सिर्जनाले तर्क गरे । 'छु नि सचिन जस्तो,' हासैहासोमा नबिनले ठट्टाले गरे । युरोपियन मुलुकको सँस्कृति बुझ्न र अंङग्रेजी सुधार गर्न सकिने भएकाले हिन्दी र अंङग्रेजी फिल्म हेर्न मन लाग्छ उनीहरुलाइ । आमसञ्चार तथा पत्रकारिता बिषयमा अध्ययनरत छन् यि पाचै जना बिद्यार्थीको ठूला मिडिया हाउसमा काम गर्ने रहर छ । तर, सबैको समस्या एउटै छ, कतै पनि चिनेजानेको मान्छे छैन । सहयोग र सल्लाह दिने मान्छे पनि पाएका छैनन् उनीहरुले । पत्रकारिता नै अध्ययन नगरेका पुराना मान्छेले स्थान ओगटेका छन् । युवाहरुलाइ ठाउँ नै दिदैनन्, सबैको सामुहिक प्रतिक्रिया छ । मन मिल्ने साथीहरुको ग्रुप मिलाएर ककनी, नगरकोट, स्वयम्भु र शिवपुरीका डाँडाकाँडा घुम्नु पनि उनीहरुको सौख हो । नयाँनयाँ कुरा सिकिने र नयाँ साथीहरुका आनिबानी अझ राम्रोस“ग बुझ्न उनीहरु यस्ता भ्रमण गर्छन् । 'अहिलेका सबै महिला सभासद एनजिओ बाट छिरेका हुन्,' मनोज सत्यालले भने । 'होइन सभासद भएर चैँ एनजिओमा छिरेका हुन्,' अशोक दाहालले प्रतिवाद गरे । 'ति सबै महिलाका सवालहरु नबुझी गएका हुन्,' सिताराम कोइरालाले भिन्नै बिचार प्रकट गरे । नेपाल अधिराज्यको सस्तो क्याम्पस आरआरलाई विद्यार्थी राजनितीको मूल थलो मानिन्छ । भिन्नै छन् यहा अध्ययनरत विद्यार्थीका गफहरु । रोजगारभन्दा बेरोजगार धेरै छन् । गफ गर्ने समय प्रशस्त छ । प्रायः राजनितीमै केन्द्रित हुन्छन् उनीहरु । जेभिएर एकेडेमीमा जस्तै बाइक हुइँक्याउदै कलेज आइपुगेका होइनन् यिनीहरु । न त छुट्टी हुँदा गाडीले यिनीहरूलाइ घर पुर्याइदिन्छ । करिब आधा घण्टा लामो बाटो हिडेर आइपुग्छन् । मन लागेका बेला कलेज बाहिर क्यान्टिनमा कफि गफ गर्छन् । २० रुपैया पर्ने जेभिएर एकेडिमीको कफि होइन, तिनका सामु ५ रुपैया पर्ने कालो चिया छ । तिनका जिउमा महङ्गो डे्रस छैन, कम मुल्य पर्ने कपडा छन् । 'तिम्रो बाजुरामा अहिले सम्म गाडी नै पुगेको छैन । सु्र्य बहादुर थापा प्रधानमन्त्रि हुदा पूर्बका सबै जिल्लामा गाडी पुर्याए,' जोसिदै युबराज कार्की (२७) ले कुरा सुरु गरे । पू्र्वी तेह्रथुमका यी युवा डडेलधुरासम्म पुगेका रहेछन् । त्यहाँका जनतामा शिक्षा भए पनि चेतनास्तर वृद्धि नभएको पाएछन् उनले । 'जनताले नेताहरूलाइ झक्झक्याउनु पर्यो नि । अनि पो विकास हुन्छ ।'नत्र नेता बिग्रिहाल्छन नि,' आफ्नो तर्क अघि सारे उनले । चियापसलको अर्को बेन्चमा अर्कै गफ चल्दैथियो । 'क्याम्पसमा डे्रस भइदिए हुन्थ्यो । धनी र गरिबको भेदभाब त हुदैन नि,' सिर्जनाले भनिन् । 'होइन, अफिस जाने हरुलाइ गार्हो हुन्छ नि,' शुसील पौडेलले अर्को समस्या देखाए । यि थोरै मात्रले काम पाएका छन् । बाँकीलाइ फुर्सदै फुर्सद । मदन भण्डारी कलेजको क्यान्टिनमा चियाको चुस्किमा जगन्नाथ दुलालले गजल सुनाइरहँदा इलामकी प्रतीक्षा कट्टेल आफ्नो स्कुले जीवन र इलामका सुन्दर दृश्य सम्झँदै थिइन् । नेपालको राजनिती डामाडोल अबस्थामा छ । तर,प्रतिक्षलाईपढ्ने बहानामा पैसा कमाउन विदेश जान रहर छैन । सफल पत्रकार बन्ने लक्ष्य लिएकी प्रतिक्षा अध्ययन पनि निकै गर्छिन् । 'राजनिती बारे सोच्दा रिसै उठ्छ,' बालाजुकी रोजिना खड्का (१६)ले भनिन् । 'होइन हामीले राजनिती नगरे कसले गर्छ त - नयाँ पुस्ताले नेताहरुलाइ खबरदार गर्नुपर्छ,' जनक तिमिल्सीना (१९) र जगन्नाथ दुलाल (१८) ले आफ्नो मत प्रकट गरे । पुल्चोक इन्जिनियरिङ क्याम्पस चौथो सेमेस्टरका बिद्यार्थीहरुलाइ अहिलेको लोडसेडिङले पीर परेको थियो । हामीले कम्प्युटर चलाउनुपर्छ । कसरी धान्ने यत्रो लोडसेडिङ -' सबैको सामुहिक चिन्ता थियो । 'धनकुटा जाॐ कि जस्तो लाग्छ । त्यहा हप्तामा २ दुइ घण्टामात्र बत्ति जान्छ रे, ' ज्वलन्तदिप श्रेष्ठले भने । 'हो मलाइ पनि गाउँ जान मन लाग्छ । आजकाल बत्ति जादैन रे,' सानेपाका बिबेक श्रेष्ठ (२३) ले भने । सबैमा निराशा छाएको पाइन्छ । बैंगलोर भारतबाट अध्ययन गर्न आएकी कोमल अग्रवाललाइ कति खेर नेपाल छोडेर जाउँ भएको छ । किन सरकारले देशलाइ अन्धकारमा राख्यो - जवाफ खोज्छन् उनीहरु । चित्त बुभ्ने ठाउँ नै छैन । आशा मात्र बाँच्ने आधार छ । बिदेशमा गएर केहि सिकौ र यतै आएर काम गरौं भन्ने भावना छ सबैमा । 'शिक्षामन्त्रिलाइ कति पटक भेट्न खोज्यौं । हामीलाइ भेट्नै नदिने,' पर्साका जीतेन्द्र हरलालकाले आक्रोस पोखे । 'के भन्थ्यौ शिक्षा मन्त्रिलाइ भेटेको भए - प्रश्न तेर्सियो । 'अहिलेको पाठ्यक्रम प्रयोगात्मक छैन । यो परिवर्तन गर्नुपर्यो बरु हामी सहयोग गर्र्छौं,' उनले भने । अराजक बन्दै गएको राजनीतिक गतिविधि, गणतन्त्रपछि आएको छाडापन, लोडसेडिङ, नयाँनयाँ प्रविधि, कलेजकै पढाइलेखाइ, गीत-सङगीत,सिनेमा, साहित्य, उमेरसँगैको रमाइला कुरा आदिमै केन्द्रित हुन्छन् कलेजबाहिर बसेर गफ्फने तन्नेरीहरू । उनीहरूले पनि नयाँ नेपालको सपना बोकेका छन् । साच्चै उनीहरूले देखेको नयाँ नेपाल कहिले बन्छ - त्यो चाहिँ हेर्न बाँकी छ ।
No comments:
Post a Comment