'मलाइ त्यो गगन थापा मन पर्छ । उसमा जोस,जाँगर छ । देशमा केहि गर्छ कि -' (१७) बषिर्या लिसा मास्केले भनिन् । 'हो मलाइ पनि उसको काम अरु भन्दा भिन्नै लाग्छ ।' उनको कुरामा आभास्नाले थप्दै भनिन् । 'ह्या,जोश,जाँगर मात्र भएर हुन्छ -'युबा हुँदा बामदेब गौतम र अमृत बोहोरा त कति जोसिन्थे होलान् । मुख्य कुरा काम गरेर देखाउन सक्नुपर्यो क्या, बिचैमा असहमति जनाउदै शास्वतले तर्क गरे । 'मलाइ त नेपाल भन्दा भुटान नै मन पर्यो । त्यहाँका जनतामा डिसिप्लेन त छ । अब त्यो शहिद गेट भत्काएर के हुन्छ - हिस्टी् चेन्ज गर्न त मिल्दैनन नि ।' सृष्टिकाले अर्को तर्क गरिन्, 'सुन्दर फुलबारी जस्तो देशलाइ नेताहरुले तहसनहस पारे ।' देशमा नयाँ संबिधान बन्न लागेका बेला राजनितीकर्मीहरुबीच चलेको बहस होइन यो । बरु प्राइभेट कलेजमा पढ्ने बिद्यार्थीहरु राजनितीमा चाँसो राख्दैनन् भन्ने आमधारणा बिपरित चलेको संबाद हो । राजधानिका महँङ्गा कलेजहरु मध्येकै एक लाजिम्पाटस्थित जेभिएर एकेडिमीमा व्यस्थापन संकाय लिएर अध्ययनरत विद्यार्थीहरु एक आपसमा गफिरहेका छन् । सरकारी कलेजमा जस्तो टायर बाल्ने,जुलुस निकाल्ने र आन्दोलन गर्ने गतिबिधीबाट कोषौं टाढा छन उनीहरु । प्रत्यक्ष राजनितीमा संलग्न नभए पनि बाहिरै बसेर बुझ्न,सिक्न चाहन्छन् । कलेजको रुफटपमा रहेको क्यान्टिन । त्यसको कुनामा कफिको चुस्कि लिदैछन् उनीहरु । कफिको बाफ आफ्नै गतिमा उड्दै छ । त्यहि गतिमा यि तन्नेरीहरुका गफका बिषय पनि फेरिदैछन् । 'थाह छ हिजो त मैल फोनमा ५ घण्टा कुरा गरें नि ।' लिसाले यति मात्र के भनेकी थिइन् ,बेञ्चको अर्को कुनाबाट 'मलाइ त को नचिनेको केटाले ३ घण्टा फोन गर्यो भन्या,' स्रिष्टीकाले फ्याट्ट भनिन् । त्यत्रो बेर के गफ हुन्छ (छेउबाट सन्नि केसी -१८) ले प्रश्न फ्याँके । 'के हुनु नि - लेटेस्ट इभेन्ट, उही हावाहावा गफ त हो,' केसीतिर र्फकदै लिसाले जवाफ दिइन् । बढ्दो लोडसेडिङमा आफुहरुले बिताउने समयबारे कुरा गर्दै थिए उनीहरु । 'आफ्नो त किताब र पत्रपत्रिका पढदै समय बित्छ ।' फोनमा यत्रो बेर गफिने दुइ युबति भन्दा फरक जवाफ दिए शास्वत ढुङ्गाना,(१९)ले । महङ्गा निजी स्कुलको पढाइ सकेर उज्यालो भबिष्य खोज्दै महङ्गै कलेजमा भर्ना भएका यि किशोरकिशोरीका स्नातक तहको पढाइ सकेर उच्च शिक्षाका लागी बिदेश जाने सपना छ । उनीहरुका कफि किताब,फिल्म,बाइक,मोबाइल,देशको राजनिती,गीत सङगित , नेताहरुका क्रियाकलाप, बिदेशी कलेजको पढाइसम्मका बिषयले प्रवेश पाउँछन् । देशको निराशाजनक राजनितीले सबैका अनुहारमा अन्योलता छाएको छ । नयाँ नेपालको सपनासँगै आफ्नो सुनौलो भबिष्य खोजिरहेका छन् । सत्तामा जो आएपनि यहि देशमा काम गरेर बाँच्ने आधार भइदिए भन्ने सबैको मनमा लछ।
युरोपियन मुलुकका बिदेशी कलेजमा त्यहाँको सरकारले दिएको सुबिधा यता पनि उपलब्ध गराइदिए भन्ने सोच छ सबैको । बाहिर तिर क्रिसमस डेजस्ता चाडबाड हुदा कलेजका बिद्यार्थीहरुलाइ सरकारले खर्च दिदो रहेछ । प्रति बिद्यार्थीलाइ कलेजले मासिक रुपमा २०० डलर दिने कुराले स्रिष्टिका लोभिएकी छिन् । अङग्रेजी र हिन्दी गीतमै रमाउँने यो पुस्ताले फिल्म र टेलिभिजनका सिरीयल पनि अङग्रेजी र हिन्दी नै रोज्ने गर्छन् । 'नेपाली फिल्म पनि के हेर्नु - कमेडी लाग्छ ।' हिन्दी सिनेमाका कथाबस्तु चोर्ने नेपाली प्रबृत्त्रि्रति गर्दै शास्वतले ब्यङ्ग्य गरे । यद्यपि पुराना नेपाली गीतहरु भने उनीहरुलाइ मनपर्छ । कलेजका शिक्षक र विद्यार्थीबीच पनि सुमधुर सम्बन्ध छ उनीहरुको । 'सर त हाम्रो साथीजस्तै त हो नि,' कुराकानिको बिचैमा टुप्लुक्क आइपुगेका गणित शिक्षक शाकिलकुमार श्रेष्ठतिर हेर्दै शास्वतले भने । 'सर, तपाइको बिहेमा हामीलाइ बोलाउनुर्पर्छ है,' आभास्ना र लिसाले सरलाई जिस्क्याए । 'अँ,तिमीहरु नभइ त सरको बिहे नै हुदैन नि,' सन्निले ठट्टा गरे । बाताबरण झन् हाँसोमय भयो । 'गर्ल फ्रेन्ड नहुने, बाइक नहुने र वाइन नलिने त केटै होइन' छेउबाट कसैले भन्यो । चिया र बिस्कुट लिदै गफिरहेका नबिनलाइपुष्करको कुरा सुनेर खल्लो लाग्यो । 'चुरोट नखाने पनि के केटा यार -' नबिनले हिजै मात्र कुनै केटाको मुखबाट सुनेका थिए । कुलतमा नलागेका र बाइक पनि नभएका नबिनलाइ यस्ता कुरा सुनेर खिन्न लाग्छ । 'चुरोट तान्नु र वाइन लिनु केटीहरुका लागी पनि सामान्य भइसक्यो,' सँगैको बेन्चमा बसेकि स्मिता हौसिइन् । यस्ता दृश्य धेरै पटक देखिसकेकी छिन् उनले । विहानिको मधुरो घाममा जिउ तताउदै छन् ग्रिनफिल्ड कलेज बाफलका विद्यार्थीहरु । क्यान्टिनको कुनामा मन मिल्ने पँाचजना साथीबिच रमाइला गफ चल्दै छन् । 'व्वाइफ्रेन्ड फोन आउदा कलेजमा उठाउनै पाइदैन भन्या,' सिर्जना(१७) दुखेसो पोखिन् । 'हो नि,गर्लफेन्ड्रको फोन उठाउन नपाउदा मलाइ पनि र्याक हुन्छ,' पुष्करको पनि उस्तै दुखेसो रहेछ । 'आफु त च्याटमै घण्टौ बिताइन्छ,' बिदेशमा रहेका व्वाइफ्रेन्डलाइ सम्झदै आरती पोखरेल (१७)ले भनिन् । यिनको भन्दा छुट्टै समस्या रहेछ स्मिता महर्जनको । 'रातिराति नचिनेको मान्छेले एसएमएस पठाएर टेन्सन भा' छ,' दिनहुँको समस्या सुनाइन उनले । प्राइभेट कलेजका विद्यार्थी आफ्नो पढाइमा एकोहोरो हुन्छन्, अतिरित्त क्रियाकलापमा ध्यान दिदैनन् भनिन्छ । तर, यहा पढाइबाहेक अतिरिक्त क्रियाकलाप पनि प्रशस्त हुन्छन् । यहाँ खोलिएका डान्स क्लब,म्युजिक क्लब,स्पोर्ट,लिटरेचर क्लबले बेला बेलामा कार्यक्रम गरिरहँदा तिनमा भाग लिइरहन्छन उनीहरु । साहित्यतर्फपनि उत्तिकै रुचि उनीहरुलाई । 'राधा त ग्रेट लभ स्टोरी रहेछ नि । पल्पसा क्याफे पनि एकदम मन पर्यो,' मदनपुरस्कार बिजेता दुबै पुस्तक माथी नबिन सिल्वालले टिप्पणी गरे । पल्पसा क्याफेमा दृश्यले लेखेका चिठीहरु उनलाइ एकदम मन परेछन् । तर,पल्पसाको मृत्युले पनि उनको मन त्यत्तिकै दुखेको छ । पत्रकारिता विषय लिएर बिए पहिलो बर्षा अध्ययनरत नबिन फिल्मी म्यागेजिन पढ्छन । त्यसैलाइ आफ्नो बिट बनाउन चाहन्छन् उनी । हिन्दी फिल्म हेर्न मन पराउने यि युवालाइ 'गजनि' फिल्मकी हिरोइन कल्पना लाई पाए गर्लफ्रेन्ड बनाउन मन लाग्छ रे । 'आफु अमिर खान हुनुपर्यो नि डियर,' बिचैमा आरतीले उनलाइ भनिन् । 'फिल्ममा जस्तो रियल लाइफमा कहाँ हुन्छ र -' स्मिता र सिर्जनाले तर्क गरे । 'छु नि सचिन जस्तो,' हासैहासोमा नबिनले ठट्टाले गरे । युरोपियन मुलुकको सँस्कृति बुझ्न र अंङग्रेजी सुधार गर्न सकिने भएकाले हिन्दी र अंङग्रेजी फिल्म हेर्न मन लाग्छ उनीहरुलाइ । आमसञ्चार तथा पत्रकारिता बिषयमा अध्ययनरत छन् यि पाचै जना बिद्यार्थीको ठूला मिडिया हाउसमा काम गर्ने रहर छ । तर, सबैको समस्या एउटै छ, कतै पनि चिनेजानेको मान्छे छैन । सहयोग र सल्लाह दिने मान्छे पनि पाएका छैनन् उनीहरुले । पत्रकारिता नै अध्ययन नगरेका पुराना मान्छेले स्थान ओगटेका छन् । युवाहरुलाइ ठाउँ नै दिदैनन्, सबैको सामुहिक प्रतिक्रिया छ । मन मिल्ने साथीहरुको ग्रुप मिलाएर ककनी, नगरकोट, स्वयम्भु र शिवपुरीका डाँडाकाँडा घुम्नु पनि उनीहरुको सौख हो । नयाँनयाँ कुरा सिकिने र नयाँ साथीहरुका आनिबानी अझ राम्रोस“ग बुझ्न उनीहरु यस्ता भ्रमण गर्छन् । 'अहिलेका सबै महिला सभासद एनजिओ बाट छिरेका हुन्,' मनोज सत्यालले भने । 'होइन सभासद भएर चैँ एनजिओमा छिरेका हुन्,' अशोक दाहालले प्रतिवाद गरे । 'ति सबै महिलाका सवालहरु नबुझी गएका हुन्,' सिताराम कोइरालाले भिन्नै बिचार प्रकट गरे । नेपाल अधिराज्यको सस्तो क्याम्पस आरआरलाई विद्यार्थी राजनितीको मूल थलो मानिन्छ । भिन्नै छन् यहा अध्ययनरत विद्यार्थीका गफहरु । रोजगारभन्दा बेरोजगार धेरै छन् । गफ गर्ने समय प्रशस्त छ । प्रायः राजनितीमै केन्द्रित हुन्छन् उनीहरु । जेभिएर एकेडेमीमा जस्तै बाइक हुइँक्याउदै कलेज आइपुगेका होइनन् यिनीहरु । न त छुट्टी हुँदा गाडीले यिनीहरूलाइ घर पुर्याइदिन्छ । करिब आधा घण्टा लामो बाटो हिडेर आइपुग्छन् । मन लागेका बेला कलेज बाहिर क्यान्टिनमा कफि गफ गर्छन् । २० रुपैया पर्ने जेभिएर एकेडिमीको कफि होइन, तिनका सामु ५ रुपैया पर्ने कालो चिया छ । तिनका जिउमा महङ्गो डे्रस छैन, कम मुल्य पर्ने कपडा छन् । 'तिम्रो बाजुरामा अहिले सम्म गाडी नै पुगेको छैन । सु्र्य बहादुर थापा प्रधानमन्त्रि हुदा पूर्बका सबै जिल्लामा गाडी पुर्याए,' जोसिदै युबराज कार्की (२७) ले कुरा सुरु गरे । पू्र्वी तेह्रथुमका यी युवा डडेलधुरासम्म पुगेका रहेछन् । त्यहाँका जनतामा शिक्षा भए पनि चेतनास्तर वृद्धि नभएको पाएछन् उनले । 'जनताले नेताहरूलाइ झक्झक्याउनु पर्यो नि । अनि पो विकास हुन्छ ।'नत्र नेता बिग्रिहाल्छन नि,' आफ्नो तर्क अघि सारे उनले । चियापसलको अर्को बेन्चमा अर्कै गफ चल्दैथियो । 'क्याम्पसमा डे्रस भइदिए हुन्थ्यो । धनी र गरिबको भेदभाब त हुदैन नि,' सिर्जनाले भनिन् । 'होइन, अफिस जाने हरुलाइ गार्हो हुन्छ नि,' शुसील पौडेलले अर्को समस्या देखाए । यि थोरै मात्रले काम पाएका छन् । बाँकीलाइ फुर्सदै फुर्सद । मदन भण्डारी कलेजको क्यान्टिनमा चियाको चुस्किमा जगन्नाथ दुलालले गजल सुनाइरहँदा इलामकी प्रतीक्षा कट्टेल आफ्नो स्कुले जीवन र इलामका सुन्दर दृश्य सम्झँदै थिइन् । नेपालको राजनिती डामाडोल अबस्थामा छ । तर,प्रतिक्षलाईपढ्ने बहानामा पैसा कमाउन विदेश जान रहर छैन । सफल पत्रकार बन्ने लक्ष्य लिएकी प्रतिक्षा अध्ययन पनि निकै गर्छिन् । 'राजनिती बारे सोच्दा रिसै उठ्छ,' बालाजुकी रोजिना खड्का (१६)ले भनिन् । 'होइन हामीले राजनिती नगरे कसले गर्छ त - नयाँ पुस्ताले नेताहरुलाइ खबरदार गर्नुपर्छ,' जनक तिमिल्सीना (१९) र जगन्नाथ दुलाल (१८) ले आफ्नो मत प्रकट गरे । पुल्चोक इन्जिनियरिङ क्याम्पस चौथो सेमेस्टरका बिद्यार्थीहरुलाइ अहिलेको लोडसेडिङले पीर परेको थियो । हामीले कम्प्युटर चलाउनुपर्छ । कसरी धान्ने यत्रो लोडसेडिङ -' सबैको सामुहिक चिन्ता थियो । 'धनकुटा जाॐ कि जस्तो लाग्छ । त्यहा हप्तामा २ दुइ घण्टामात्र बत्ति जान्छ रे, ' ज्वलन्तदिप श्रेष्ठले भने । 'हो मलाइ पनि गाउँ जान मन लाग्छ । आजकाल बत्ति जादैन रे,' सानेपाका बिबेक श्रेष्ठ (२३) ले भने । सबैमा निराशा छाएको पाइन्छ । बैंगलोर भारतबाट अध्ययन गर्न आएकी कोमल अग्रवाललाइ कति खेर नेपाल छोडेर जाउँ भएको छ । किन सरकारले देशलाइ अन्धकारमा राख्यो - जवाफ खोज्छन् उनीहरु । चित्त बुभ्ने ठाउँ नै छैन । आशा मात्र बाँच्ने आधार छ । बिदेशमा गएर केहि सिकौ र यतै आएर काम गरौं भन्ने भावना छ सबैमा । 'शिक्षामन्त्रिलाइ कति पटक भेट्न खोज्यौं । हामीलाइ भेट्नै नदिने,' पर्साका जीतेन्द्र हरलालकाले आक्रोस पोखे । 'के भन्थ्यौ शिक्षा मन्त्रिलाइ भेटेको भए - प्रश्न तेर्सियो । 'अहिलेको पाठ्यक्रम प्रयोगात्मक छैन । यो परिवर्तन गर्नुपर्यो बरु हामी सहयोग गर्र्छौं,' उनले भने । अराजक बन्दै गएको राजनीतिक गतिविधि, गणतन्त्रपछि आएको छाडापन, लोडसेडिङ, नयाँनयाँ प्रविधि, कलेजकै पढाइलेखाइ, गीत-सङगीत,सिनेमा, साहित्य, उमेरसँगैको रमाइला कुरा आदिमै केन्द्रित हुन्छन् कलेजबाहिर बसेर गफ्फने तन्नेरीहरू । उनीहरूले पनि नयाँ नेपालको सपना बोकेका छन् । साच्चै उनीहरूले देखेको नयाँ नेपाल कहिले बन्छ - त्यो चाहिँ हेर्न बाँकी छ ।
Monday, May 18, 2009
Saturday, May 9, 2009
HAPPY MOTHERS DAY
Happy Mother's Day
"Happy Mother's Day" means more
Than have a happy day.
Within those words lie lots of things
We never get to say.
It means I love you first of all,
Then thanks for all you do.
It means you mean a lot to me,
And that I honor you.
But most of all, I guess it means
That I am thinking of
Your happiness on this, your day,
With pleasure and with love.
"Happy Mother's Day" means more
Than have a happy day.
Within those words lie lots of things
We never get to say.
It means I love you first of all,
Then thanks for all you do.
It means you mean a lot to me,
And that I honor you.
But most of all, I guess it means
That I am thinking of
Your happiness on this, your day,
With pleasure and with love.
Wednesday, April 29, 2009
उजेलीमै भेट हजूर रात छ बेइमान
उजेलीमै भेट हजूर रात छ बेइमान
अंधेरीमा मात्तिने मर्दको जात छ बेइमान।
भो न भो मेरी हजूर आँखाले अरु नपिलाऊ
अनर्थ होला बेहोसीमा मात छ बेइमान।
रात छ जवान यसको जवान छ कहानी
यही जवानीले गरेको घात छ बेइमान।
मैले दिएको मायालाई छोपेर राख है
फुलमात्र हैन यहाँ पात छ बेइमान।
प्रेममात्र मेरो हजूर परिणाम त होइन
मुद्धै परे भनिदिन्छु जातपात छ बेइमान।
Indra K. Shrestha 'Sarit'
अंधेरीमा मात्तिने मर्दको जात छ बेइमान।
भो न भो मेरी हजूर आँखाले अरु नपिलाऊ
अनर्थ होला बेहोसीमा मात छ बेइमान।
रात छ जवान यसको जवान छ कहानी
यही जवानीले गरेको घात छ बेइमान।
मैले दिएको मायालाई छोपेर राख है
फुलमात्र हैन यहाँ पात छ बेइमान।
प्रेममात्र मेरो हजूर परिणाम त होइन
मुद्धै परे भनिदिन्छु जातपात छ बेइमान।
Indra K. Shrestha 'Sarit'
मनोसामाजिक समस्या र मनोविमर्श सेवाको आवश्यकता
मानिसको सबैभन्दा शक्तिशाली अंग मन (mind) हो। मनले मानिसलाई काम गर्न प्रेरित गर्छ र उसको आज्ञा मानिसले चाहेर वा नचाहेर मान्नैपर्छ। वास्तवमा मन मानिसको मालिक हो र मनले अह्राएअनुसार गर्नु मानिसको प्रकृति हो। मानिस प्रकृतिविरोधी हुन सक्दैन। मनको कारण नै मानिस छ र उसको अस्तित्व पनि। त्यो मन नै हो जसले मानिसलाई प्रेम, घृणा, सुख, दुःखजस्ता संवेग वा संवेदनाहरूसँग परिचय गराउँछ। मन देखिदैन तर महसुस गरिन्छ र यही आभास नै संसारलाई अड्याउने शक्ति हो ।मानिस सामाजिक प्राणी हो। घरपरिवार बन्ने प्रक्रियामा समाज पनि बन्छ जहा मानिसले आफूलाई सुरक्षित अनुभव गर्छ। समाज मानिसको अर्को घर हो। समाजबाट उसले अनेकथरिका शिक्षा हासिल गर्छ र समाजलाई नै केही दिनसक्ने बन्छ। समाजअनुसारको प्रतिफल निस्कने हुनाले मानिसलाई सामाजिक प्राणी भनिएको हो। मानिसले त्यही काम गर्छ जुन उसले समाजबाट सिक्छ।
मनोसामाजिक समस्या
मनोसामाजिक भन्ने शब्द मन र समाज मिलेर बनेको हो। मानिसको मनले गर्ने कार्यले समाजमा पर्ने असरको आधारमा मनोसामाजिक समस्या देखापर्छन्। मानिसले आफू र समाजको बीचमा तालमेल मिलाउन नसकेर उसमा आइपर्ने शारीरिक, मानसिक र सामाजिक समस्यालाई मनोसामाजिक समस्या भनिन्छ। उसको त्यो समस्याले उसको मन, शरीर, व्यवहार र सम्बन्धमा प्रतिकूल असर त पर्छ नै साथमा उसको यस्तो अवस्थाका कारण समाजका अन्य मानिसलाई पनि प्रत्यक्ष–अप्रत्यक्ष असर पर्न जान्छ।उदाहरणका लागि, हरि चौध वर्षीय किशोर हो। समाजको मूल्य मान्यता, रीतिरिवाज र अनुशासनको पालना गर्न नसकेका कारण उसले मनमनै आत्मग्लानी, असुरक्षा र मूल्यहीनताको महसुस गरिरहन्छ। समाजका अन्य व्यक्तिले पनि उसैलाई अधर्मी भन्दै गाली गर्ने, नराम्रो भन्ने, अपहेलना गर्नेजस्ता कार्यहरू गर्दछन्। यस्तो अपहेलनाले उसमा झन् विषाद, कुण्ठा, आलस्यजस्ता अनेक समस्याहरू आइपर्न सक्छन्। त्यसपछि हरिको व्यवहारमा परिवर्तन हुदै जान्छ। उसलाई एक्लै बस्न मन लाग्ने, अरूसँग बोल्न मन नलाग्ने, दिक्क लाग्ने, रिस उठ्ने, काम गर्न मन नलाग्ने हुन्छ। ऊ अरूसँग बोल्दा झर्किने र चिड्चिड्याउने गर्न थाल्छ। काममा ध्यान नदिदा असफल हुने र असफलताको दोष अरूलाई दिनेजस्ता लक्षण पनि उसमा देखापर्छन्।
बिस्तारै उसको मनमा कतै म बहुलाएको त होइन?, भन्ने खालको प्रश्न उठ्न सक्छ। न अरूले पनि मलाई बहुला नै पो देख्छन् कि?, भन्ने सोचाइले उसको मन छियाछिया हुन्छ। त्यसपछि ऊ आफै अरूसँग तर्किएर हिड्न थाल्छ र सबैलाई शंकास्पद दृष्टिले हेर्न थाल्छ।
हरिलाई मात्र होइन समाजका प्रायः मानिसलाई मनोसामाजिक समस्याले सताएको हुनसक्छ। फरक यति मात्र हो कि कसैले आफू र समाजबीचमा सन्तुलन राख्न सक्छन् भने कसैलाई यस्ता समस्याको सामना गर्न निकै कठिन हुन्छ। हरेक मानिसको सामना गर्नसक्ने क्षमता फरक हुन्छ जसको कारण समस्याको असर पनि सबैमा फरक हुन्छ। मनोसामाजिक समस्याबाट सबै मानिस पीडित छन् तर सबैमा मात्रा र किसिमको भिन्नता पाइन्छ। हेर्दा समस्या नलागे पनि मनोसामाजिक समस्या वास्तविक समस्या हो। अरू सबै समस्या प्रस्ट देखिने मात्र नभई तिनका कारण पनि खुलस्त हुन्छन्। तर मनोसामाजिक समस्या न त देखिन्छ, न त सजिलै बुझ्न वा बुझाउन नै सकिन्छ।प्रत्येक मानिसको प्रकृति फरक हुन्छ। मानिसका सबै अङ्गहरू उस्तै हुदाहुदै पनि हरेक मानिस फरक देखिनुको मुख्य कारण नै प्रकृति हो। मानिसले हेर्ने, बोल्ने, सुन्ने, विचार गर्ने, महसुस गर्ने, माया–प्रेम गर्ने, आदर गर्ने, सोच्नेजस्ता क्रिया सबैमा फरक हुन्छ। हामी सबैले गर्ने व्यवहार फरक भए पनि हामीले गर्ने एउटा गल्तीचाहि समान छ। हामी अरूलाई हाम्रै किसिमले व्यवहार गर्छौं जसका कारण हामीमा समस्या देखापर्छ।
उदाहरणका लागि, हामीले कसैलाई हेरेर हास्दा त्यो व्यक्तिले आफूलाई गिज्याएको पो हो कि भन्ने महसुस पनि गर्न सक्छ। अनि, उसले असामान्य लाग्ने गरी हास्छ, जुन हासो हामीलाई मन नपर्न सक्छ। त्यसपछि हामी भन्छौं, कस्तो मान्छे रहेछ? यसरी हामी दुईबीच समस्या देखापर्छ र हामी त्यसमा अल्भि्कन बाध्य हुन्छौ।
नेपाली समाजमा मनोसामाजिक समस्या
हाम्रो समाजका अधिकांश मानिस मनोसामाजिक समस्याबाट ग्रस्त भएपनि उनीहरू यस्ता समस्या बारे चेतनशील छैनन्। बहुसङ्ख्यक नेपाली अशिक्षित भएकाले यस्तो परिस्थिति देखिएको हो। हुनत शिक्षित मानिसमै पनि यस्ता सामस्याबारे जानकारीको अभाव छ। मनोविमर्श सेवा ग्रहण गर्नका लागि मनोविमर्शकर्ता कहा जाने व्यक्तिहरूको सङ्ख्या निकै न्यून छ। नेपाली समाजको अर्को मुख्य समस्या भनेको असहयोगी भावना हो। आफूले सहयोग गर्नु त कहा हो कहा, अरूले दिन खोजेको सहयोगलाई समेत शंका गर्ने, अस्वीकार गर्ने अनि कसरी हुन्छ असफल पार्ने तिर लाग्ने बानी प्रायमा विद्यमान छ। सबैले यस्तो कुविचार हटाएमा मात्र सेवाको वातावरण बन्न सक्छ र मनोविमर्शकर्ताले प्रदान गर्ने सेवामा सहयोग मिल्न सक्छ।
मनोविमर्शकर्ताको आवश्यकतामनोसामाजिक समस्याले ग्रस्त समाजलाई सहयोग गर्न मनोविमर्शकर्ताहरूको आवश्यकता पर्दछ। कठिन परिस्थितिमा भएका व्यक्तिहरूका समस्या सुनिदिने, बुझिदिने र यस्ता समस्याबाट माथि उठ्न प्रेरणा तथा हौसला दिने व्यक्ति नै मनोविमर्शकर्ता हो। सेवाग्राहीलाई भावनाको अर्थ बुझ्न र स्वस्थ जिन्दगी बाच्न मनोविमर्शकर्ताले साथ दिन्छन्। ज्ञान, सीप र धैर्यताका साथै खुलापन लगायत अन्य अति आवश्यक विशेषताहरूका साथ सेवा गर्न मनोविमर्शकर्ताहरू अघि सरेका हुन्छन्। मनोविमर्शकर्ताहरूसँगको वार्तामा नै सेवाग्राहीले आफ्नो आधा समस्या हल भएको महसुस गर्छन् किनभने मनोविमर्शकर्तालाई सेवाग्राहीले कस्तो किसिमको व्यवहार चाहन्छ भन्ने कुराको ज्ञान हुन्छ। सेवाग्राहीले चाहेजस्तो व्यवहार गर्न सक्ने क्षमता र सीप पनि मनोविमर्शकर्तामा हुनुपर्ने गुण हो। ससाना कुरालाई समेत अत्यन्तै ध्यान दिनुपर्ने कारण यो कार्य अत्यन्तै संवेदनशील छ। नेपालमा मनोविमर्श सेवाको अवस्था कमजोर छ। तर, आजकल मनोविमर्श संस्थाहरू पनि उल्लेख्य सङ्ख्यामा खुल्दै छन् जहा सक्षम तथा सचेत मनोविमर्शकर्ताले उचित ढङ्गले सेवा प्रदान गरिरहेका छन्। मनोविमर्शकर्ताले आफ्ना सामान्य व्यवहारदेखि विशेष गुणसम्म ध्यान पुर्यारएर अत्यन्तै संदेनशील भएर काम गर्दछन्। हाम्रो समाजमा पनि यो विषयको क्रमशः विकास हुँदैछ।

Tuesday, April 21, 2009
नझार आँसुका ढिका म आँसु हेर्न सक्दिन
नझार आँसुका ढिका म आँसु हेर्न सक्दिन
र आँसुमा तिमी डुबे म सास फेर्न सक्दिन
बितेर जान्छ बैँस यो, प्रहार गर्छु प्रेमले
समीप भाग सुस्तरी म दूर घेर्न सक्दिन
अनेक रूप फेर्दछौ नछल्क शीत झैँ तिमी
अमीट छाप मन्भरी म चित्र केर्न सक्दिन
अंगाल भन्छु प्रेमले, अडिन्छ सास भन्दछौ
नफाल ज्यान प्रियतम् म लास बेर्न सक्दिन
Saprem Archana

चमेलीको डायरी
एक साँझ अनायासै छिरेको थियो ऊ मेरो कोठामा । त्यसपछी हरेक साँझ आउन थालेको छ ऊ मकहाँ। यो शहरमा शायद ऊ नयाँ हो। शायद उस्का कोही आफन्त छैनन यहाँ वा हुनसक्छ ऊ आफन्तहरूबाट भागेर आउछ मकहाँ । ठीक्क मोटाइ, चौडा छाती, हँसिलो अनुहार, सयौँ वसन्त ऊ सङ्सङै भित्रीय झैँ लाग्छ मलाई। "को होला ऊ?" दिनभरि यो प्रश्नले चिमटी रहन्छ । त्यही चिमटाइँ खप्न नसकेर मैले उस्लाई एक दिन सोधेको थिएँ "तपाइँको नाम के को?" "कमल" छोटो उत्तर दियो उस्ले । मैले थप केही सोधिनँ । हाम्रो सम्बन्धको लागि त्यति जानकारी आबस्यकता भन्दा बढी थियो। "कमल!!!" धेरै दिनसम्म मेरो कानमा गुन्जीरह्यो त्यो स्वर। तर "कस्तो कमल?", "कहाँको कमल?", "कस्को कमल?", "के गर्ने कमल?" यी "क" बाट उठेका शब्दहरूले कहीले चिमटेर, कहिले काउकुती लगाएर, कहिले जिस्क्याएर हैरान खेलाउछन मलाई।
***
हुन त सिंगारिएर बस्नु मेरो पेसानै हो। तर आजकाल म आँफैलाई राम्री देख्न थालेकी छु। चमेली मेरो नाम मात्र नभएर वातावरणनै मगमग बनाउने चमेली फूल हुँ जस्तो लाग्छ। कमल मेरो सुगन्धले मोहीत भएर लठीदै आएको भँमरा हो। म आँफैसँग प्रण गर्छु म कहिलेपनि ओइलाउने छैन। म मेरो सुगन्धले कमललाई सधैं लठ्याइरहने छु। ९ बजिसकेछ तर ऊ आइपुगेन । सधैं त ८:३० मा आइपुग्थ्यो । मलाई यो ३० मिनेट पनि ३० बर्ष झै लाग्यो । १० बज्यो, ११ बज्यो, म उस्को प्रतीक्षामा झ्यालबाट हेरेर बसिरहेँ तर ऊ आएन । म आत्तिएँ "कहाँ गयो होला?" "के भयो होला?" "कतै गाडीले पो ...?" "होइन होइन काम पर्यो होला केही।" दोस्रो चोटी म छ्ट्पटीए, म निसासिएँ। मेरो आफ्नै बाउले मलाई यहाँ छोडेर गएको दिन म यसरी नै निसासिएको थिएँ। अनि म छक्क परे कहाँबाट आए यति धेरै पीडाहरू, यति धेरै भावनाहरू मसँग? यी भावनाहरू त फक्रिन नपाउँदै ती काला, गोरा, पुड्का, आग्ला, मोटा, दुब्ला, बुढा, भर्खरका अनेकथरी मान्छेहरूका वासनाले मारिसकेका थिए । म मान्छे हुनुको वास्तविकता बिर्साएर "बेस्या" भन्ने शब्द बनाइदिसकेका थिए। "जीवित रहेछु" म मक्ख परेँ । अनि आफूलाई जीवित पाएको खुसीमा एकछिन रोएँ। *** आज ऊ आयो। ऊ आउँदै गरेको मैले परैबाट देखेँ। म खुसीले उफ्रीए। हिजो उजाडिएको मेरो बगैँचामा आज लाखौं कमल र चमेलीहरू फुले। "हिजो किन नआउनु भएको?" मैले उसँग टासिँदै सोधेँ । उस्ले सहज उत्तर दियो "बिहे गर्न केटी हेर्न गएको थिएँ... किन अरू कोही ग्राहक पाइनौँ?"म डङ्ग्रङ्ग बिपनाको धरातलमा पछारिएँ। सपना र बिपना बीचको गहीराइ कति धेरै रहेछ भन्ने थाहा पाएँ। त्यति माथिबाट थचारिएँ म तर उस्ले पत्तै पाएन। उस्को अनुहार अझै उज्यालो थियो। म निशब्द भएँ। कति सजिलै उस्ले ऊ र म बिचको भिन्नता अभास गरायो।"बिहे हुने भयो त?" थाहा छैन मैले यो प्रश्न किन सोधेँ। केवल ती शब्दहरू कानमा गुन्जिए मुखबाट निस्कीएको पत्तै पाइन। "अँ हुने भयो। म भोलि देखी आउँदिन। मलाई नकुर्नु।" उस्ले इमानन्दार उत्तर दियो। यो भन्दा कति इमानन्दार हुन सक्छ र ऊ एउटी बेस्यासँग?" मलाई हिजोको रात सपना जस्तो लागिरहेको छ। म अझै बौरीन सकेको छैन। "किन अरु कोही ग्राहक पाएनौ ?" यी शब्दहरू मेरो कानमा झ्याउँकिरी झै कराइरहेका छन्। "बन्द गर यो झ्याउँ झ्याउँ" म चिच्याएँ। म फेरि एक पटक रोएँ आफ्नो दोस्रो मृत्युमा। जसलाई लाखौं फूल फुलाउने बसन्त भन्ने सोचेको थिएँ ऊ त शिशिरझैँ रित्तो रहेछ । फेरि उस्को हँसिलो अनुहार सम्झेँ। "कसरी हाँस्न सक्छ ऊ मलाई मारेर?" मलाई रिस उठ्यो। त्यो अनुहार चिथोरीदिन मन लाग्यो। "किन उस्ले अरुसँग बिहे गर्न सक्छ मसँग मात्र सक्दैन वा गर्न चाहँदैन?" बेश्याहरू अपवित्र हुन्छन् अरे सभ्य समाजमा। त्यसो भए किन ऊ उस्को समाजबाट मेरो समाजमा आयो त ? मैले त बोलाएको थिइँन। मसँग रात बिताएर ऊ किन अपवित्र भएन वा म पवित्र भइँन। किन ऊ ऊ नै भइरह्यो म म नै रहेँ। त्यो कमलमा म हिलै हिलो खन्याउन चाहन्छु। म उस्लाई आफू जस्तै बनाउन चाहन्छु।
***
कमलले साँच्चै भनेको रहेछ। त्यस रात पछी ऊ आएन। मेरोलागी उस्को प्रतिक्षा गर्नुको कुनै औचित्य पनि थिएन। म फेरि ती अनेक थरी मान्छेहरूको भीडमा होमीएँ। शायद यसैलाई भन्छन् बाँच्नको लागि सङ्घर्ष। ऐनाको उतापट्टिको आकृतिले सोध्यो "तँ फेरि बाँचिस्?" एक चड्कन लगाइदिन मन लाग्यो त्यो आकृतिलाई। ती अनेक थरी मान्छेहरूले चिथोर्दा, थिच्दा, घोपट्याउँदा मलाई न कतै दुख्छ न मज्जा नै आउँछ भने कसरी त्यस्ले म जीवित भएको शंका गर्न सक्छे?
***
आज पल्लो घरकी बिमलीलाई भेटें। बजारको भीमेले ल्याएर बेचेछ यसै गल्लीको एउटा कोठीमा । मलाई देखेर "तँपाइ चमेली दिदी होइन?" भनेर सोधी। मैले पनि उस्लाई एकै चोटीमा ठम्याउन सकिँन। हामीले पोतेका लाली, पाउडर र गाजलले आफ्नो अनुहार आफैँले नचिन्ने बनाइदीएको थियो। "हो तर तिमी...?" मेरो प्रश्न नटुङ्गीदै उस्ले भनी "म पल्लो घरकी बिमली के त, दर्शेको बहिनी।" "ए हो त नि। कसरी आइपुगिस तँ यहाँ?" म चिन्तित भए। मेरो प्रश्नले ऊ भक्कानिएर रुन थाली। निक्कै बेर रोइ ऊ मैले थुमथुम्याइ रहेँ।"काम लगाइदिन्छु, चमेलीले झैँ धेरै पैसा कमाउलिस् भन्यो भीमेले। घरका मान्छेले पनि जा जा भने। उसैको भर गरेर आएकी, मोरोले नर्कमा जाकेर गएछ।" उस्ले सुक्क सुक्क गर्दै भनी। उस्का आँसुले ती भद्दा गाजल केही पखालीए। मलाई ऊ अघि देखेकी भन्दा अलिक राम्री लाग्यो। " कसरी बाँच्छौ दिदी तिमी यहाँ?' उस्ले सोधी। म अलमल्ल परें। न म उस्लाई यहाँ बाँच्ने मन्त्र दिन सक्थें न त पटक पटक मरेको यथार्थ बताउन सक्थें। म मौन रहें। एकछिन है भन्दै ऊ फुत्त भित्र छिरी। हात मा एउटा पट्याएको कागजको पाना लिएर निस्की। "यसोधीले दिदीलाई भेट्यौ भने यो चिट्ठी दिनु है भनेकी थिई। लाऊ दिदी तिम्रो चिट्ठी। उस्ले चिट्ठी मतिर तेर्स्याइ। " केही पर्यो भने मकहाँ आउनु है" भन्दै चिट्ठी च्यापेर म आफ्नो बाटो लागें।
***
प्यारी दिदीतिमी यहाँबाट गएकी पनि ३ बर्ष भयो। कस्ती भेयौ होला? म पनि ठूली भएँ अब त। घरधन्दा सबै म नै भ्याउँछु। बा आमालाई बेसीमा खेत किनेदेखी भ्याई नभ्याई छ। दिदी अब त हाम्रो घरमा पनि टिनको छानो छ । तिमो परिश्रमले हामीलाई अब दुई छाक चामलको भात खान दु:ख छैन। साँहिली र काँहिलीलाई पनि बाले स्कूल भर्ना गरिदिएका छन्। हामी सार्है खुशी छौं दिदी। तिमी पनि त त्यता सर्हैं रमाएकी छौ जस्तो छ। त्यसैले त फर्किएर एक चोटी पनि आएकी छैनौ। तिमीलाई हाम्रो याद आउँदैन?तिम्री साथी सीताको पनि बिहे भयो अस्ती। तिमी यहाँ भएकी भए बाले तिम्रो पनि बिहे गरिदिन्थे होला। कस्ती राम्री देखिन्थौ होला तिमी सिन्दूर, पोते लगाउँदा। घरमा मेरो बिहेको कुरो गर्छन् तर मलाई तिम्रो बिहे हेर्ने असाध्यै रहर छ। हामीले नदेख्ने गरी उतै बिहे नगर है। अर्जुनले सधैं सोध्छ " तिम्री दिदिले केही खबर गरिन" भनेर। तर सधैं "छैन" भन्नु पर्छ। निराश भए झैं लाग्छ ऊ। मैले भनेको लाग्ने भए तिम्रो बिहे अर्जुन सँग गरिदिन्थें। तिमीलाई अर्जुन मन पर्छ?आमाले तिमीलाई सधैं सम्झिन्छिन्। घरमा तिम्रो कुरा चल्यो भने बा केही बोलदैनन किन को कुन्नी। तिम्रो खसी पनि बाले पोहोरको दसैंमा खड्कादाइलाई बेचिदीए। मैले दिदी आएर रिसाउँछिन् भनेर कत्ति अड्डी गरें तर बा मानेनन्। मैले दुइवटा पाठाहरू पालेकी छु। तिमी आएपछी एउटा तिमीलाई दिन्छु भनेर। घास दाउरा जाँदा, मेला पात जाँदा तिम्रो याद सार्है आउँछ दिदी। यसपाली दशैँमा त आऊ है। अब त धादिङ बेशीबाट गाउँसम्म बस पनि चल्न थालेको छ। हिंड्नु पनि पर्दैन। आऊ है दिदी। उही तिमीलाई सधैं सम्झीरहने बहिनी यसोधा
***
मैले त्यो चिट्ठी पटक पटक पढें। ठुली भएँ भन्छे यसोधी तर मैले चिट्ठी भरि उस्को अबोधपन भन्दा पर केही पाइन। उस्लाई संसार कति कुरुप छ भन्ने कुराको सुइँको समेत छैन। स-साना कुराहरूमा कत्ति खुसी छे ऊ। तर मैले भने बेशीको खेत, टिनको छानो अनि चामलको भातमा कुन खुशी लुकेको हुन्छ भन्ने पत्तै लगाउन सकिन। तँलाई के थाहा म यहाँ कति रमाएकी छु भनेर। म यति रमाएकी छु कि म को हो भन्ने नै बिर्सिसके। अँह मलाई तिमीहरूको याद आउँदैन । आफ्नै याद आउँदैन भने तिमीहरूको के आओस्?बहिनी तँलाई के थाहा बाले यहाँ ल्याएर मेरो बिहे हजारौं मान्छेहरूसँग गरिदीएको कुरा। ती मान्छेहरूसँग सिन्दूर, पोते हुँदैन त्यसैले कागजका नोट थमाएर जान्छन् । तँलाई के थाहा मेरो सिन्दूर, पोते किन्ने पैसाले टिनको छानो हालेको, बेशीको खेत किनेको कुरा। के थाहा तँलाई। मेरो बिहे हेर्ने हिम्मत नै गरिस् भने पनि तँलाई भ्याइ नभ्याइ हुनेछ। उस्तै मौका परे म दिनमा ३,४ चोटी सम्म बिहे गर्छु। आमाले सम्झीरहन्छिन् रे मलाई। अहिले सम्झिनु नै थियो भने किन तिमीले मलाई बासँग पठायौ त आमा? म पिडाले छट्पट्टीदा कति चोटी "आमा आमा" भनेर कराएँ। खै त तिमीले एक चोटी पनि सुनिनौ। बाले मेरो खसी बेचेर के भयो र यसोधी ? त्यो खसी बेच्नु भन्दा अगाडि उन्ले मेरो नारित्व बेचिदिएका थिए। बहिनी के तैले २ वटा नारित्व पालेकी छस् ? म केहीगरी यो दसैंमा आइ हालें भनें के तँ मलाई एउटा दिन सक्छेस् ?
***
मरुभूमिमा चलेको बतासले झैं यसोधिको चिठ्ठीले समयको बालुवाले छोपेका अनुहारहरू सबै उदाङ्गो पारिदियो। अर्जुन को स्मृतिलाई त झन् मैले ह्यकुलाले थिचेर राखेको थिए। त्यही निसास्सिएर मर्यो होला भन्ने सोचेको त त्यो पनि सल्बलाउन थालेको छ। अर्जुन र म एक अर्कालाई माया गर्छौ भन्ने कुरा मलाई धेरै पछी मात्र आभास भयो। धेरै बोलदैन थियो ऊ। उस्का आँखाका भाका बुझ्न मलाई धेरै समय लाग्यो। एक दिन म घाँस काट्दै थिए, ऊ नजिकै आएर भन्यो "चमेली म इन्डियाको गोर्खा रेजिमेन्ट्मा छानिएँ। तँ मसँग बिहे गर्छेस्?" म अवाक भए। ती दुईवटा वाक्यहरू बिच कस्तो तालमेल नमिलेको जस्तो लाग्यो। म नबोलेको देखेर धेरै अगाडि पुगेंछु जस्तो लागेछ कि के हो फेरि सोध्यो "तँ मलाई माया गर्छेस्?" म लाजले भुतुक्क भए, भुइँतिर मात्र हेरिरहे। शायद उस्ले मेरा लाजाएका आँखामा सहमति देख्यो अनि फेरि सोध्यो "मसँग बिहे गर्छेस्?' मैले सुस्तरी "बसँग कुरा गर्नुपर्छ " भने। उस्ले फेरि भन्यो "म पर्सी बिहानै यहाँबाट जानु पर्छ, छ महिना पछी आउँछु त्यती बेला तेरो बासँग मागेर बिहे गर्छु, तँ मलाई पर्खिराख है"। मैले "हुन्छ" मा टाउको हल्लाएँ तर मलाई के थाहा त्यो छ महिनामा हाम्रो संसारमा प्रलय जान्छ भनेर। मैले उस्लाई ३ महिन पनि कुर्न पाइँन। अर्जुनले त्यो भनेको भोलिपल्ट हाम्रो भेट फेरि जंगलनेरीको चौतारोमा भयो। म फेरि लजाएँ। उस्ले मलाई उस्को नजिकै बस्न भन्यो। म डरले काम्दै उस्को नजिक बसें। पर पुरुषसँगको त्यो पहिलो निकटता मलाई त्राशमय लाग्यो। उस्ले मेरो हात समाउँदा खै कुन तरङ दौडियो मेरो जिउमा मुर्छीत भएँ झैं लाग्यो। जब होस आयो आफुलाई उस्को अंगालोमा पाएँ। सर्है न्यानो थियो त्यो अंगालो। "तँ जा अब ढिलो होला" केहीबेर पछी उस्ले भन्यो। उस्का आँखामा आँसुहरू टल्पलाई रहेका थिए मानौँ उस्लाई थाहा थियो त्यो हाम्रो अन्तिम मिलन हो भनेर। तर अबोध म बिछोडको पिडा कस्तो हुन्छ भन्ने कल्पना समेत गर्न जानेको जानेकी थिइन।
***
मलाई कैलेकाँही असाध्य जाडो हुन्छ। ती अनेक थरी मान्छेहरूका चीसा अंगालोमा कठाङ्रिएर मर्छु जस्तो लाग्छ। सिरकमा गुटुमुटु पर्छु अनि, अर्जुनको अंगालोको न्यनोपन पाउन। तर त्यो त एउटा मृगतृष्णा मात्रा हो। शायद त्यही न्यनोपनको तिर्खा मेटाउन म कमलको पछी दौडीएको थिएँ। अर्जुन र कमल, कमल जस्ले मेरो शरीरका हरेक अङ्ग छोएर पनि कहिलै मेरो मन देखेन अनि अर्जुन जस्ले मेरो मनको कुना कुना छोएर पनि कहिल्यै शारीरिक तृप्ति पाएन । आखिर दुबै परिस्थितिमा हार मेरै थियो । कस्तो हुँदो हो कुनै पुरुषसँगको मानसिक र शारीरिक मिलन, एकैसाथ?
***
आजको रात सार्है लामो लागिरहेको छ। उफ्!! कहिले बिहान हुने हो? पुनमका शब्दहरू ओछ्यानभरि काँडा भएर छरिएछन् । पुनम यसै कोठीकी अर्की केटी। उमेर पनि मेरो जत्तिकै हुँदो हो तर ऊ यही कोठीमा जन्मिएकी अरे । पछी आमाले छोडेर कता गइ थाहा छैन भन्थी। एक, दुई महिना देखी साह्रै शिथिल देख्थें उस्लाई। कत्ति चोटि डक्कटरलाई जँचाउन जा भन्थें, मान्दै मान्दिनथी। आज साँझ एक्कासी मेरो कोठामा आएर रुन थाली। म छक्क परें। "के भयो, किन रोए कि?" मैले सोधें। "म अब धेरै बाँच्दिन चमेली" उस्ले बरबर आँसु झार्दै भनी। के भएछ यस्लाई एक्कासी भन्ठानेर फेरि सोधें " किन त्यसो भनेकि?" उस्ले रुन्छे स्वरमा भनी "म हिजो डक्कटरलाई देखाउन गएको थिएँ। रगत जाँचेको रिपोर्ट आज आउँछ भनेर फेरि आज बोलाएको थियो। आज गएको त मलाई एड्स लागेको छ भन्यो। यो रोगको त औषधी नै हुँदैन अरे। " मन खङ्रङ भयो। उस्ले फेरि भनी "तँ पनि गएर रगत जँचाइ हाल चमेली।" मैले उस्का अरु केही कुरा सुनिन। केवल उस्का आँखाबाट झरेका आँसुहरू हेरिरहें। भगवान पनि कत्ती निष्ठुरी रहेछ। के गल्ती थियो र पुनम को यो कोठीमा जन्मिनुमा। अनि के गल्ती थियो र मेरो त्यो बिकट गाउँको गरीबिमा जन्मिनुमा। पूर्वजन्मको सजाँय हो भने किन त्यही जन्ममा दिएनौ त? यो पूर्वजन्मको खेल भनेर हामी निरिह मान्छेहरूलाई झुक्याउने भगवानहरूको आफ्नो कमजोरी लुकाउने उपाय मात्र हो।
***
मेरो रगत जाँचेको रिपोर्ट आज आयो। मलाई एड्स लागेको रहेनछ। त्यो थाहा पाएर मनमा फेरि एक चोटि ईच्छा र चाहनाहरूको फिलुङ्गो उठ्यो। त्यो कोठीमा आज नफर्किएर कतै भागौँ जस्तो लाग्यो। आकाशको चरी झैँ उन्मुक्त भएर उडौँ जस्तो लाग्यो। यसो ब्याग मा हेरें कति पैसा छ भनेर। १३५ रुपौयाँ रहेछ। हुन त मलाई पैसाको के दु:ख भयो र? म त एउटा जीवित चेक हुँ। आवश्यक्ता परेको खण्डमा आफुलाई जति बेला पनि भजाउन सक्छु। अर्को मनले भन्यो त्यसरी आफुलाई भँजाउने हो भने भागनुनै किन पर्यो र? फेरि मन उत्तेजित भयो कहाँ जाऊँ , कता भागौँ? अर्जुनलाई यहीँ कतै बाटोमा टुप्लुक्क भेटे पनि हुन्थ्यो झैँ भयो। भीड मा यताउती आँखा दौडाएर उस्लाई भेट्ने असफल प्रयास गरें। घर जान मन लाग्यो। आमको काखमा धीत मरुन्जेल रुन मन लाग्यो। यसोधीले दशैमा बोलएको सम्झें । अनि बालाई सम्झें। अगाडि बढीरहेका मेरा पाइलाहरू टक्क रोकिए। घर जान मन लागेन। यो समाजले कलंकीत बनाएको मेरो अस्तित्वलाई म आँफै पखाल्ने छु। मनमा अचम्मको साहस पलायो।म हतार हतार रेल स्टेसन तिर लागें एउटा सुनौलो यात्राको लागि।
Pratima Poudyal
Tuesday, April 7, 2009
Newar Cuisines: Recipes
1. CHATANMARI
Ingredients: -
Rice flour
- Water as required
- Minced Egg
- Lentil Method
:- Mix rice flour with water and make semi solid.
- Take one big spoon and pour it in hot pan (put egg or minced lentil over it as your desire)
- Cover it and leave it for 2 minutes. If you are preparing egg or lentil chatanmari then you need more time and you need to turn other side.
- Chatamari is ready to serve.
2. WOIngredients:-
Lentil
- Spices ( ginger paste, garlic paste, cumin powder, hin (asafoetida), salt to test )
- Mustard oil
- Egg
- Minced
- meat Method
: - First soak lentil in water for whole night. Then mince it and mix mentioned spices.
- Hit oil in a pan.
- Take a big spoon of minced lentil and put it in hot pan , and press on it as round shape. If you desire put egg or meat on it and cover it with lentil again.
- Pour some oil on it again, and turn it When it becomes brown it will be ready to serve.
3. YOMARII
ngredients
:- Rice flour
- Hot water
- Sweets
- Sesame seed
- Molasses
- Khuwa (Nepalese Dairy product, which looks like Ricotta Cheeze)Method
:- Mix rice flour with hot water and make dough. Cover the dough with a warm and wet cheeze cloth and rest it for 10-15 minutes
- Apply some oil on your both hands and shape the dough like as shown in picture but make sure that it is hollow.
- Fill it with mixture of sweets, molasses mixed with Sesame seed, khuwa, ground meet or whatever you like, then close the hole.
- Steam it for 20 min.
- Now it is ready to serve. Enjoy!
4. HAKU CHHOYALA
Haku ChhoyalaIngredients
:- Buff meat
- Ginger paste
- Red chili Salt to taste
- Mustard oil
- Cumin powderMethod
:- Roast the meat with smoke fire.
- Cut it into pieces.
- Mix it with mentioned spices and raw oil (usually it prepared spicy and hot.)
- Now it is ready to serve.
5. MANA CHHOYALA
Mana ChhoyalaIngredients
:- Buff meat (flesh)
- Ginger paste
- Garlic paste
- Salt to taste
- Mustard oil
- Chili powder
- Fenugreek seeds
- Chopped onion
- Chopped green chilies
- Chopped coriander leave
- Turmeric powder, Cumin powder, Pepper powderMethod
: - Boil meat for 20 min. in presser cooker.
- Slice it in to small pieces.
- Add chopped onion, green chili and coriander, if you desire.
- Then mix it with garlic, ginger, cumin, pepper and salt.
- Heat the oil in pan and put some fenugreek seeds, when it turns in black, put required turmeric powder then pour it in chhoyala, mix it well.
- Chhoyala is ready to serve.
6. TAKHA
Ingredient
:- Buff meat
- Water Garlic paste Salt to taste
- Mustard oil
- Cumin seeds / powder
- Turmeric powder
- Bay leaves
- Chha (leek),
- Coriander Jimbu
- Chopped onion
- Chopped spinachMethod
:- Boil meat in water until it becomes sticky. Or boil it in presser cooker.
- Add salt, giger, garli, cumin, hin (asafoetida), turmeric, coriander, onion, bay leaves and spinach, during boiling.
- Heat the oil in pan and put cumin seeds, chha (leek) and jimbu and pour it in meat stir it well.
- Boil it again for a while.
- Then place it in cold area for a whole night or refrigerate it
- It is ready to serve.
7. SANYA KHUNA / NYAKHUNAI
ngredients
: - Buff soup
- Ginger paste
- Garlic paste
- Red chili powder
- Jjhams
- Salt to taste
- Hin (Asafoetida)
- Cumin seeds/ powder
- Turmeric powder
- Bay leaves Chha (leek)
- Coriander leaves
- Mustard oil
- Sanya (dried and flat fish ) Method
: - Boil buff for 5 or 6 hours, or boil it in presser cooker until it becomes sticky.
- Add garlic, ginger, salt, turmeric, hin (Asafoetida), cumin powder, bay leaves , coriander and chili. ( Keep out the meat from soup.)
- Heat the oil in other ( bowl ) and fry the sanya, chha (leek)and cumin seeds. Few min. later add buff soup , and boil it for few min.
- Then pour the buff soup in bowl and place it in cold area for whole night or refrigerate it. -
Now it is ready .
8. SIMPU
Ingredient
:- Simpu
- Garlic paste
- Jimbu
- Ghee Salt to taste
- Coconut
- Cumin powderMethod
: - Soak the simpu for a whole night.
- Boil for 20 min. in presser cooker.
- Before boil add garlic paste, salt and cumin powder as required.
- After 20 min pour it in bowl and add ( chopped )coconut.
- Then heat the ghee in pan and put jimbu, when it will be dark, then pour it in simpu.- Now the Simpu is ready to serve.